उपत्यकामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।या

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था, भिडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तरी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मैनालीले बताए ।

Facebook Comments