प्रभु साहले पावर देखाएपछि माओवादीको हाल बेहाल

काठमाडाैँ । भ्रखरै सम्पन्न भएको स्थानीय तह निर्वचान २०७९ मा पूर्वमन्त्री प्रभु साहले मधेशमा आफ्नो पकड तथा पावर देखाएपछि नेकपा माओवादी केन्द्रको हाल बेहाल भएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि लामो समय माओवादीको राजनीतिमा सक्रिय पूर्वमन्त्री साह माओवादी केन्द्रमा फर्किएनन् । उनी नेकपा एमालेमा सामेल भएसँगै मधेसमा माओवादी केन्द्रलाई एक प्रकारले धक्का नै लाग्यो भने एमालेलाई उनले आशा जगाउने काम गरे ।

मधेसमा दसाहको प्रभाव देखेरै एमालेले उनीमाथि ठुलो भरोसा गरेको हो । भ्रखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भरपुर कोशिस गरेका छन् । माओवादी केन्द्र परित्याग गरी एमाले बनेका साहले आफ्नो पावर स्थानीय तहको निर्वाचनमा देखाएका छन् । स्थानीय तहको निर्वाचनमा साहले माओवादी केन्द्रलाई पराजित गराएर आफ्नो पावर सो गरेका हुन् ।

साह माओवादीमा हुँदा मधेसमा उनको जबरजस्त प्रभाव थियो । उनी एमाले प्रवेश गरेपछि त्यो लेबलको नेताको अभाव देखिएको छ । उनको स्थान अरू कुनै माओवादी नेताले लिन सकेका छैनन् । एक ढंगले माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा जस्तै देखिएको छ । ‘मधेसमा चुनाव लड्न सबै पार्टीले दुई वर्षदेखि तयारी गरे, माओवादीमा ठिक उल्टो फुट तथा विभाजन भयो । साहजस्ता नेता एमालेमा गए । माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा पुग्यो । पार्टी आन्तरिक कलहमा फस्यो,’ नेकपा माओवादी । केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साहले भने, ‘मधेसमा निर्वाचनका बेला पैसाको निकै ठूलो चलखेल भयो । पार्टीका तीनै तहले स्रोतको व्यवस्थापन गर्न सकेन । प्रायजसो स्थानीय तहमा पहिले जितेकालाई दोहोर्‍यायौं तर जनताले रुचाएनन् ।’

मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको माओवादी केन्द्र यस पटक स्थानीय तहको निर्वाचनमा साहकै कारण निकै कमजोर देखिएको छ । गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख, अध्यक्ष र ९ वटामा उपप्रमुख, उपाध्यक्ष मात्रै जितेको छ । २०७४ सालको निर्वाचनमा माओवादीले मधेसबाट २१ स्थानीय तह जितेको थियो ।

पछिल्लो मत गणना अनुसार माओवादी मधेस प्रदेशमा पाँचौँ दलमा सीमित देखिन्छ । पार्टी पराजयकाबारे प्रदेश समिति र केन्द्रीय समितिमा समीक्षा गरिने माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले बताए ।

मधेसमा माओवादी कमजोर हुनुमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गुट र नेता मातृका यादव गुटबीचको टकराव पनि मुख्य कारण बनेको जानकारहरु बताउँछन् । नारायणकाजी र मातृका गुट एकले अर्कोलाई सिध्याउन लागेकाले पनि माओवादी कमजोर भइरहेको एक नेताले बताए ।

प्रदेश पदाधिकारीदेखि जिल्ला र पालिकामा कुन पक्षको नेतृत्वमा ल्याउने भन्नेमा विवाद हुँदा पार्टी फैलिन नसकेको ती नेताले बताए । ती दुई गुटलाई पनि अध्यक्ष प्रचण्डले समयमै सल्टाउन नसक्दा स्थानीय चुनावमा माओवादी केन्द्र मधेसमा पाँचौँ स्थानमा झर्न पुगेको छ । तर, साहले त्यसलाई गुटबन्दीभन्दा पनि पार्टीभित्रको सङ्घर्ष मुख्य कारक भएको बताएका छन् ।

फरक स्कुलिङबाट आएका नेता एक नहुँदा यस्तो हुन पुगेको उनको भनाइ छ । साह आफैले पनि खुलेर दुवै पक्षको विरोध वा समर्थन केही गर्न सक्ने अवस्था छैन । उनको आफ्नै भने कुनै गुट छैन, त्यसैले समाधानको उपायसमेत खोजी गर्न उनी सक्दैनन् । खाली दुई गुटको साक्षी बनेर साह रमिते बन्ने गरेका छन् ।

साहको गृह जिल्ला रौतहटमा माओवादीले एउटा मात्र पालिका जितेको छ । यसअघि ४ वटा पालिका जितेर माओवादीले आफ्ना्े दह्रो उपस्थिति देखाएको थियो । यो पटक माओवादीले रौतहटको दुर्गाभगवती गाउँपालिकामा । जितेको छ भने कटहरावा नगरपालिका, मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिका गुमाएको छ । पर्सामा माओवादी निल भएको छ भने बारामा जितपुर सिमरा उपमहानगरपालिकामा जित दर्ता गराएको छ ।

०७४ सालको स्थानीय तहको निर्वाचमा बारामा माओवादी निल भएको थियो भने पर्सामा तीन वटा पालिका जितेको थियो ।माओवादी सर्लाहीमा पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । २०७४ सालमा तीन स्थानीय तह जितेको उसले यो पटक एक पालिका थप्दै चारमा जित दर्ता गराएको छ ।

माओवादी महोत्तरीमा पनि यो पटक निल भएको छ । २०७४ मा चार पालिका जितेको उसले यो पटक कुनै पनि पालिका जित्न सकेन । प्रदेशको राजधानी समेत रहेको धनुषामा माओवादी आफ्नो पकड गुमाएको छ । २०७४ मा दुई वटा पालिका जितेको माओवादीले विदेह नगरपालिका, शहीद नगरपालिका गुमाएको छ । यसको बदलामा सवैला नगरपालिकामा जित दर्ता गराएको छ ।

यो पटकको निर्वाचनमा माओवादीलाई सबैभन्दा धेरै क्षति सिरहामा भएको छ । २०७४ को निर्वाचनमा ६ वटा पालिका जितेको उसले यो पटक बल्लबल्ल एक पालिका जितेको छ । अघिल्लो निर्वाचनमा निल भएको सप्तरीमा यो पटक एउटा पालिकामा जित दर्ता गराएको छ । यसरी मधेशमा माओवादी पराजित हुनुमा शाह फ्याक्टरले काम गरेको माओवादी केन्द्रका नेताहरुको विश्लेषण छ ।

Facebook Comments