बानेश्वरको थापागाउँमा अन्डरग्राउन्ड रेस्ट्रोको ग्रान्ड ओपेनिङ्ग

काठमाडाैँ । काठमाडौंमा कुन त्यस्तो रेस्ट्रो छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ । आफ्नो स्वाद र सुविधाअनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्ट्रो नै रेस्ट्रो भएको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन् ।

सोही क्रममा थरीथरीका परिकार चाख्न अब काठमाडौँ उपत्यकाको फन्को लगाउनै पर्दैन, अब बानेश्वर थापागाउँमा नै नयाँ खुलेको अन्डरग्राउन्ड रेस्ट्रोमा नै यी सबै उपलब्ध छन् । आज उक्त अन्डरग्राउन्ड रेस्ट्रोको ग्रान्ड ओपेनिङ्ग भएको छ ।

शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्ट्रोको खोजीमा हुनुहुन्छ भने अन्डरग्राउन्ड रेस्ट्रो तपाईंहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । विशेषगरी मट्का चियाँका लागि लागि लोकप्रिय यो रेस्ट्रोमा फस्टाफुडका परिकार तथा खाना खाजासहितका मिठो परिकार पनि पाइन्छ ।

बानेश्वरको पानी ट्याङ्गकीको अपोजिट १ सय मिटर थापागाउँतर्फ ओरालोमा अन्डरग्राउन्ड रेस्ट्रो भेटिन्छ । अन्डरग्राउन्ड रेस्ट्रोकी एमडी प्रनिशा कटुवालले मुख्य रुपमा यहाँ मट्का चियादेखि फास्टफुडका परिकार तथा खाना खाजासहितका मिठो परिकार पाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, बानेश्वरको थापागाउँ एरियामा यो अन्डरग्राउन्ड रेस्ट्रो अरुभन्दा फरक छ, हाम्रो यो रेस्ट्रोमा मूख्य रुपमा मट्का चियादेखि फास्टफुडका परिकारसहित खाना खाजाको मिठो परिकार पाइन्छ र यहाँ अरु रेस्ट्रो भन्दा सस्तो मूल्य पर्छ।

रेस्ट्रोे ओपेनिङ्गको क्रममा आएकी परिकारकी पराखी स्नेहा संग्रौलाले यहाँको विशेष तथा स्पेशल परिकार मट्का चियाँ लागेको बताउनु भयो । उहाँले भन्नुभयो, मलाई यहाँको मट्का चिया धेरै मन पर्यो। साथै विरयानी पनि मिठो लाग्यो । रेस्ट्रोमा १ दशक लामो अनुभव भएका सेफ रहनु भएको छ । सेफ मिलन गोलेले भन्नुभयो, मैले आफ्नो सिप तथा अनुभवअनुसार मिठो परिकार बनाउछु।

Facebook Comments