इमरान खान सरकारले रोजगारीको तथ्यांक बढाइचढाइ गरेको पाकिस्तानी अर्थशास्त्रीको दाबी

इस्लामावाद । पाकिस्तानका पूर्व अर्थमन्त्री र अर्थशास्त्री हाफिज ए पाशाले इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारले रोजगारी सिर्जना र मुद्रास्फीतिको बारेमा गलत र बढाइचढाइपूर्ण तथ्यांक प्रस्तुत गरेको बताएका छन्।

पीटीआईले आफ्नो सरकार हटाउँदा देशको आर्थिक स्थिति राम्रो रहेको दाबी गरेको थियो। तर, वास्तविक तथ्यांक हेर्दा नयाँ रोजगारी संख्या बढाइचढाइ गरिएको थियो र मुद्रास्फीति दर घटेको दाबी गलत भएको जियो न्यूजले रिपोर्ट गर्यो।

५५ लाख प्रतिवद्धताको तुलनामा २५ लाख मात्रै नयाँ रोजगारी सृजना भएको र मुद्रास्फीति दर वास्तविक १५ प्रतिशतको तुलनामा ७.१२ प्रतिशतमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्।

पीटीआई सरकारमा बेरोजगारी दर ९ प्रतिशतमा पुगेको छ र पीटीआईको औद्योगिक वृद्धिमा १५ प्रतिशतले वृद्धि भएको दाबीलाई पनि खण्डन गर्दै यो वास्तवमा १-२ प्रतिशत मात्रै रहेको पाइएको छ।

‘पीटीआई सरकारको साढे तीन वर्षको अवधिमा देशको श्रमशक्तिमा ५.५ देखि 6 मिलियनले वृद्धि भएको थिमिडिया आउटलेटले आफ्नो समाचार उल्लेख गरेका छन्।

पाशाले इन्धनको मूल्यमा १० रुपैयाँको राहत अनुपयुक्त भएको र त्यसलाई फिर्ता लिनुपर्ने बताएका छन्। ‘आयातको मूल्य बढी भएकाले त्योभन्दा माथि जान सम्भव छैन,’ उनले भने, ‘मूल्यवृद्धि भएमा मुद्रास्फीतिले जनतालाई थप भार पर्ने सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले इन्धनको मूल्यवृद्धि गर्ने तेल तथा ग्यास प्राधिकरणको प्रस्तावलाई अस्वीकार गर्दै देशको आर्थिक अवस्था झनै बिग्रँदै गएको भन्दै सरकारलाई झण्डै ३० अर्ब रुपैयाँको अतिरिक्त भार थपेको बताए।

अप्रिल १, २०२२ देखि तेलको मूल्य अपरिवर्तित राख्दा मूल्य भिन्नताको दाबीका लागि ३० अर्ब रुपैयाँ पहिले नै बाँकी छ। अप्रिलको तेलको विद्यमान मूल्य यथावत् राखेपछि सरकारले तेल कम्पनीहरूलाई ६० अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ।

Facebook Comments