बेइजिङमा बलपुर्वक कोरोना परीक्षण

चीन । कोरोनाको बढ्दो मामिलाहरूले चिन्तित चीन सरकारले संघाईपछि अब देशको राजधानी बेइजिङमा कोरोना संक्रमणको रोकथामको लागि सबैको परीक्षण गराउने निर्णय लिएको छ। मानिसहरूलाई बलपूर्वक जाँचको लागि बोलाइएको कारण जाँच केन्द्र बाहिर मानिसहरू घण्टौं लाइनमा खडा हुन बाध्य भएका छन्। साङघाई जस्तो स्थिति रोक्न र लकडाउनदेखि जोगिनका लागि यो उपाय गरिदैछ।

साङघाईमा धेरै दिनदेखि लकडाउन लागेको छ। साङ्घाईका घरहरूमा सावधानीको रूपमा अग्ला बाड लगाइएको छ, जसबाट मानिसहरू घरहरूदेखि बाहिर आउन नसकुन्। साङघाईमा कसैलाई पनि बाहिर निस्किने अनुमति छैन। चीन सरकारको कोरोनासम्वन्धी नीतिलाई लिएर सोशल मीडियामा सरकार र प्रशासनको आलोचना पनि भइरहेछ। साङघाईमा लागेको लकडाउनले सरकार र मानिसहरूलाई भारी आर्थिक नोकसान उठाउन परिरहेछ।

साङघाई जस्तै बेजिङमा पनि सबैको निम्ति कोरोना जाँचलाई अनिवार्य गरिएको छ। साढ़े छ करोड़को जनसंख्या भएको शहरमा सबैको जाँच गरिदैँछ। जाँचमा भेटिने संक्रमित रोगीहरूलाई आइसोलेट गरिदैछ। चीनका लगभग दर्जनौं शहरमा कोरोना मामिला अघि आएपछि लकडाउन लगाइएको छ।

साङघाई र बेजिङमा धेरै प्रकारका सख्त प्रतिबन्धहरू लागू भएकोले यहाँको अर्थव्यवस्थामा यसको असर स्पष्ट देखिँदैछ। यसले गर्दा अन्तरराष्ट्रिय व्यापारमा चीनलाई समस्याहरूको सामना गर्न परिरहेको छ। यति मात्र होइन यसले गर्दा सप्लाई चेन पनि बाधित भएको छ। बेजिङमा रेस्टुरेन्ट, जिम, सिनेमा आदिलाई बन्द गरिएको छ। बसहरू पनि बन्द छन्।

Facebook Comments