बालेन शाहलाई केशव स्थापितले किन भने ‘अन्तर्राष्ट्रिय ठग’ ?

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले यस्ताे आराेप लगाएका हुन् ।

स्थापितले बालेनलाई ‘दर्तावाला ठग’ रहेकाे आरोप समेत लगाए।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ,’ स्थापितले भने, ‘सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

स्थापितले बालेनसँग सामान्य ज्ञानसमेत नरहेको दाबी गरे। बालेन शाह काठमाडाैँ महानगरकका स्वतन्त्र उम्मेदवार हुन् ।

Facebook Comments