भारतद्वारा श्रीलंकालाई ६ हजार मेट्रिक टन इन्धन आपूर्ति

कोलम्बो । इन्डियन आयल कर्पोरेशनको सहायक कम्पनीले शनिबार सिलोन विद्युत बोर्डलाई मेट्रिक टन इन्धन आपूर्ति गरेको छ। श्रीलंकामा तीव्र विद्युत कटौती भइ विद्युत संकट सिर्जना भइरहेको समयमा भारतले श्रीलंकालाई सहयोग गरेको हो। भारतले अहिले गरेको इन्धन सहयोग भारतले विस्तार गरेको ५० करोड अमेरिकी डलरको तेल लाइनको हिस्सा हो।

‘श्रीलंकाको साथमा उभिँदै, @LankaIOCPLC ले आज सिलोन विद्युत बोर्डलाई ६ हजार मेट्रिक टन इन्धन आपूर्ति गर्‍यो,” कोलम्बोमा रहेको भारतीय उच्चायोगले पोस्ट गरेको छ।

यो टापु राष्ट्र आफ्नो स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। विदेशी मुद्राको अभावका कारण इन्धन अभाव र विद्युत् कटौती बाहेक खाना पकाउने ग्यास, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक वस्तुको पनि चर्को अभाव सुरु भएको छ।

बिहीबारदेखि धेरै ठाउँमा पेट्रोल र डिजेल उपलब्ध हुन सकेको छैन। साथै कोलम्बो स्टक एक्सचेन्जमा पनि आधादेखि दुई घण्टाको लागि कारोबार बन्द गरिएको थियो। इन्धन बचत गर्न कार्यालयमा अत्यावश्यक बाहेकका कर्मचारीलाई अर्को सूचना नभएसम्म घरबाटै काम गर्न भनिएको छ ।

शुक्रबार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी सार्वजनिक आपतकाल घोषणा गरेपछि इन्धन र अन्य अत्यावश्यक वस्तुको अभावमा आक्रोशित प्रदर्शनकारीहरू उनको निवास बाहिर जम्मा भएका प्रहरीसँग झडप भएको थियो। पत्रकारसहित कम्तीमा १० जना घाइते भएका छन् ।

श्रीलंकाको अर्थतन्त्र कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण खुम्चिएको छ।

Facebook Comments