कोरोना महामारी नियन्त्रणमा सबैभन्दा कमजोर अवस्थामा पाकिस्तान

इस्लामावाद – प्रधानमन्त्री इमरान खानले कोरोना महामारी नियन्त्रणमा सफलता हात पारेको भन्दै व्यापक प्रचार गरेका छन्। तर, वास्तविता भने निकै फरक छ। ब्लुमबर्गको कोभिड व्यवस्थापनसम्बन्धी र्‍यांकिङमा भने पुछारमा परेको छ। ५३ वटा अर्थव्यवस्थाहरूको सूचीको पाकिस्तान पुछारमा परेको हो।

यूएई शीर्ष स्थानमा थियो किनकि यहाँ खोप लगाउनेहरुको संख्या उच्च थियो भने, सीमित मृत्युदर रहेको थियो। कोरोना महामारी नियन्त्रणमा कमजोर देखिएको इस्लामाबादले अब महामारीलाई सम्हाल्न आफ्नो रणनीतिलाई पुन: व्यवस्थित गर्न आवश्यक रहेकोसमेत सुझाइएको छ।

इस्लामावादको र्‍यांकिङमा गिरावट आउनुको मुख्य कारण कमजोर खोप अभियान, खोप नलगाएका मानिसहरूमाथि कडा प्रतिबन्ध गर्न नसक्नु, कमजोर स्वास्थ्य सेवा पूर्वाधार रहेका छन्। ब्लुमबर्गले ट्वीट गरेको छ, ‘ कोभिड १९ को व्यवस्थापनमा सफलताको लागि पाकिस्तानी राष्ट्रवादीहरूको दावीको पेश गरे पनि अहिले महामारीको समयमा सबैभन्दा खराब ठाउँ भएको छ।’

४९.८ अंकसहित पाकिस्तान कोरोना महामारी व्यवस्थानमा कमजोर देखिएका मुलुकहरुको सूचीमा शीर्षस्थानमा छ। कोरोना महामारीपछिको आर्थिक पुनर्रुत्थान, उडान क्षमता र खोप लगाएका मुलुकहरुको ट्राभल रुटमा पनि पाकिस्तानको प्रदर्शन खराबस्थितिमा छ। पाकिस्तानले प्राप्त गरेको यस अंकले कोभिड संकटसँग जुध्‍ने रणनीति परिवर्तन गर्न इस्लामाबादको व्यवस्थापन र दक्षताका लागि योग्यताको अभावलाई प्रस्ट पार्छ।

जसले आर्थिक गतिविधिहरूमा अवरोध उत्पन्‍न गरेको छ भने पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ। इस्लामाबादले आफ्नो आर्थिक सुधारको गति बिर्सिएको अवस्था छ। यसले सत्तारुढ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारको चुनावी प्रदर्शनलाई पनि असर गर्न सक्छ।

ब्लूमबर्ग प्रतिवेदनले आयरल्यान्ड र साउदी अरेबियाले महामारी नियन्त्रणमा राम्रो प्रदर्शन गरेको जनाएको छ। न्यूनतम सामाजिक र आर्थिक अवरोधहरूका बीच महामारी नियन्त्रणमा सफलता हात पारेका मुलुकहरुको शीर्ष तीनको सूचीमा छ। प्रतिवेदनमा कोरोना महामारीविरुद्धको खोप अभियान, लकडान र अन्य प्रतिबन्धात्मक नियमहरु, कोरोना महामारीको अवस्था र आर्थिक गतिविधिहरु र मानव विकास सूचकांकलाई पनि अध्ययनको आधार बनाइएको थियो।

सफल कोभिड व्यवस्थापनलाई धेरै गतिशील रणनीति चाहिन्छ। ब्लूमबर्गले रिपोर्ट गरेको छ, ‘र्‍यांकिङको बाह्र महिनाले एउटा कुरा स्पष्ट पारेको छ- विगतको प्रदर्शन भविष्यको सफलता वा असफलताको कुनै ग्यारेन्टी गर्दैन।’ तर, विगत एक वर्षमा र्‍याकिङ मिड पोइन्टभन्दा माथि नउठ्ने नौ देशमध्ये पाकिस्तान पनि परेको पाइएको छ। यसले निष्कर्ष निकाल्यो कि यी देशहरू महामारीबाट सबैभन्दा बढी विनाश भएका छन् र अझै पनि खोपहरूमा सीमित पहुँचका कारण अझै महामारीसँग लडिरहेका छन्।

महामारीको प्रकोपसँगै, इस्लामावादको स्वास्थ्य प्रणालीको कमजोरी आक्रमणमा परेको थियो। पाकिस्तानमा स्वास्थ्यकर्मी र चिकित्सकको संख्यामा मात्र होइन तर तिनीहरूको वितरण र सहरी केन्द्रित वितरण प्रणालीलाई पनि बाहिर ल्याएको थियो। पाकिस्तानमा चिकित्सक अनुपात यस क्षेत्रको सबैभन्दा कम एक हजार बिरामीका लागि पनि एक चिकित्सक उपलब्ध छैन। नर्स जनसंख्या अनुपात ०.४९/१००० रहेको छ।

नर्सहरु अध्ययन गरेर बाहिर नै बस्‍ने भएका कारण चिकित्सकको तुलनामा नर्सहरुको संख्या अझै कम देखिएको हो। यसबाहेक, प्रान्तीय, जिल्ला र उप-जिल्ला स्तरहरूमा महामारीको यो विशाल परिमाण व्यवस्थापन गर्न तालिम प्राप्त र्‍यापिड रेस्पोन्स टिम पनि नभएको जनाइएको छ।

यसबाहेक, इक्विटीको अभाव र कमजोर पूर्वाधारले स्वास्थ्य सेवा प्रणाली थप संकटमा पारेको थियो। स्वास्थ्य विज्ञानसँग सम्बन्धित नभएका नीति निर्माताहरूलाई स्वास्थ्य सेवा प्रणालीको व्यवस्थापनको बारेमा ज्ञानको अभाव र स्वास्थ्य सेवा प्रणालीमा विश्वव्यापी रूपान्तरणबारे अनभिज्ञताले पाकिस्तानमा कोभिड संकट निकै गम्भीर बनेको हो।

इस्लामावाद संयुक्त राष्ट्रको मानव विकास सूचकांकमा पनि पछाडि छ। सन् २०२० को एचडीआई र्‍यांकिङमा पाकिस्तान १८९ देशहरूमध्ये १५४औं स्थानमा थियो। सन् २०१९ मा पाकिस्तानको एचडीआई ०.५५७ थियो – जसले देशलाई मध्यम मानव विकास श्रेणीमा राख्यो। यूएनडीपीका अनुसार पाकिस्तानी जनसंख्याको ३८.३ प्रतिशत बहु-आयामी गरिबी (स्वास्थ्य, शिक्षा र जीवन स्तर) मा रहेको छ।

Facebook Comments