मल्लिका शेरावत : बोल्ड दृश्यको पर्याय

काठमाडौं । बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका शेरावत प्रमुख अभिनेत्री पर्छिन् ।

मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसकेकी छन् । तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका कारण चर्चित रहे ।

सन् २००३ मा रिलिज फिल्म ‘ख्वाहिश’बाट मल्लिका पहिलोपटक चर्चामा आइन् । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिएकी थिइन् ।

अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गरेकी थिइन् । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्याे ।

मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’मा पनि काम गरिन् । यो फिल्ममा उनले आफ्नो बोल्डनेसलाई कायमै राखिन् ।

उनले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिएकी थिइन् । फिल्म ‘डर्टी पोलिटिक्स’मा त उनले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिइन् ।

Facebook Comments