नेपालमा विक्री हुन्छन् पल्सरका ५ मोडल, दुई नयाँ पल्सर थपिदै (मूल्यसहित)

काठमाडौं । बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा पल्सर सिरिजमा ५ मोडल विक्री गर्दै आएको छ । अब छिट्टै नै कम्पनीको पोर्टफोलियोमा पल्सर सिरिजको २ नयाँ मोडल थपिने भएको हो ।

बजाज अटोले केही समयअघि भारतमा विक्री सुरु गरेको २५० सीसी क्षमताका २ नयाँ मोडलका मोटरसाइकल पल्सर एफ २५० र पल्सर एन २५० नेपाल आउन लागेका हुन् ।

बजाज पल्सर २५० ट्वीन नेपाली बजारमा नयाँ वर्ष २०७९ अघि नै सार्वजनिक हुने अनुमान गरिएको छ । अहिले हंशराज हुलाचन्द एण्ड कम्पनीले पल्सर सिरिजमा १२५ सीसीदेखी २२० सीसीसम्मका मोटरसाइकल विक्री गर्दैै आइरहेको छ ।

बजाज पल्सर १२५

कम्पनीले विक्री गर्ने सबैभन्दा कम सीसी क्षमताको मोटरसाइकल पल्सर १२५ रहेको छ । बजाज पल्सर परिवार कै सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर १५०

बजाजले नेपाली बजारमा विक्री गर्ने सबैभन्दा सफल मोटरसाइकल पल्सर १५० हो । कम्पनीले पल्सर १५० को दुई भेरियन्ट नेपाली बजारमा विक्री गर्दै आएको छ । बजाजले पल्सर १५० सिंगल डिस्कको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ र पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँमा विक्री गरिरहेको छ ।

पल्सर एनएस १६०

बजाजले विक्री गर्दै आएको एबीएस सहितको बजाज पल्सर एनएस १६० को मूल्य ३ लाख १९ हजार ९०० रपैयाँ रहेको छ ।

पल्सर एनएस २००

बजाज पल्सर एनएस नेपाली बजारमा २ भेरियन्टमा विक्री भइरहेको छ । कम्पनीले पल्सर २०० एनएस एबीएस र पल्सर २०० एनएस एबीएस/एफआई गरि दुई भेरियन्टमा उपलब्ध गराएको छ । पल्सर एनएस २०० एबीएस/एफआईको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ र पल्सर २०० एनएस एबीएसको मूल्य ३ लाख ६७ हजार ९०० रपैयाँ रहेको छ ।

पल्सर २२० एफ

बजाजले विक्री गर्ने पल्सर सिरिजको सबैभन्दा ठूलो इन्जिन क्षमतको मोटरसाइकल पल्सर २२० एफ हो । यसको मूल्य ३ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ ।

थप दुई मोडल आउदै

बजाजले नेपाली नयाँ वर्षको सुरुआतसम्ममा यसको विक्री सुरु गर्ने बताएको छ । पल्सर सिरिजकै सबैभन्दा धेरै क्षमताको मोटरसाइकल पल्सर एन २५० नेकेड र एफ २५० सेमी फियर्ड मोडल हो । यी दुबै मोटरसाइकलको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

Facebook Comments