देउवाकै कारण प्रदेश २ मा कांग्रेसले एक सिट जित्दैन : तेजुलाल चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले सभापति शेरबहादुर देउवाको कार्यशैलीले प्रदेश २ मा कांग्रेसका उपस्थिति खुम्चिँदै गएको बताएका छन् । काठमाडौँको अनामनगरस्थित बसेरा होटलमा डा.शेखर कोइराला समूहको समिक्षात्मक भेलामा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

‘अब २ नम्बर प्रदेशमा काँग्रेसले एउटा निर्वाचन चुनाव जित्दैन,’ चौधरीले भने, ‘त्यहाँ अन्य पार्टीलाई भाग दिएपछि काँग्रेस सधैँ कमजोर हुन्छ भइरहेको छ ।’ चौधरीले राष्ट्रिय सभाको टिकट वितरण गर्दा सभापति देउवाले प्रदेश २बाट कसैलाई पनि टिकट नदिएको भन्दै आपत्ति जनाए ।

‘राष्ट्रिय सभामा काँग्रेस लाई टिकट दिइएन,’ उनले थपे, ‘२ नम्बरको जिम्मा निधि र चित्रलेखालाई दिएर देउवाले २ कार्यकाल खाए । यसरी नै पार्टीको संगठन पनि सक्ने भए ।’ चौधरीले सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले ल्याएको करिब १९ सय मतको संरक्षण गरेर यो समूह अघि बढ्नुपर्ने बताएका छन् ।

‘१९ सय मत संरक्षण गर्नुपर्छ, वैशाखमा निर्वाचन हुँदैछ भाग नमाग्दा हाम्रा साथीलाई देउवाले टिकट दिँदैनन् । नाम नै काटिदिन्छन् । तराइमा अझ लडाइँ धेरै हुन्छ झन मलाई गार्‍हो छ ।’ तराईमा आफ्नो समूह कमजोर रहेको उनको भनाइ छ ।

Facebook Comments