पिर्के सलामी’ ले मन्त्री झाँक्री सामाजिक सञ्जालमा भाइरल

काठमाडाैँ : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्री ‘पिर्के सलामी’का कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

मन्त्री झाँक्रीकै पहलमा आफ्नै गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा इलाका प्रहरी कार्यालय स्थापना भएपछि ‘पिर्के सलामी’ लिएकी हुन् । झाँक्रीले पिर्के सलामी लिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मन्त्री झाँक्रीलाई सलामीको तस्विर राखेर व्यङ्ग्यात्मक बधाई दिएका छन् ।

विगतमा अरुले त्यस्तो सलामी लिएकोमा बिरोध गर्ने झाँक्रीले आफैं लिनु पर्दा यसो भनिन्– ‘सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको हुँ । कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन ।’

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्विरहरू सार्वजनिक हुँदै आएका छन् ।

Facebook Comments