गलत बटन थिच्दा एक महिलाले जितिन् ५० हजार डलर

मेरिल्याण्ड : झुक्किएर गलत बटन थिच्दा एक महिलाले ५० हजार डलरको भाग्य चिठ्ठा जितेकी छन् । रक्सी पसलमा राखिएको भाग्यशाली मेसिनको बटन झुक्किएर थिच्दा अमेरिकी राज्य मेरिल्याण्डकी एक महिलाले ५० हजार अमेरिकी डलर जितेकी हुन् ।

मेरिल्याण्ड लटरी अधिकारीहरुले ४३ वर्षीया ति महिलालाई हालै ५० हजार डलरको पुरस्कार दिएका छन् । भाग्यचिठ्ठा जित्ने ति महिलाको नाम भने उल्लेख गरिएको छैन ।

ह्यागर्सटाउनस्थित हाफवे लिक्वेर्स पसलमा सामान किन्न गएकी ति महिलाले झुक्किएर लटरी भेन्डिङ मेसिनको बटन थिचेकी थिइन् । बटन थिचेको केहि समयपछि मात्र उनले आफूले भाग्यचिठ्ठा जितेको थाहा पाएकी थिइन् ।

झक्किएर गलत बटन थिच्दा ५० हजार डलर जितेको ति महिलाले बताएकी छन् । सो पुरस्कार पाउँदा आफूलाई अझै विश्वास नलागेको ति महिलाले बताएकी छन् ।

Facebook Comments