र्‍यापर ‘लाउरे’ लाई ८ दिन थुनामा राख्न अनुमति

लागूऔषध किन्दै गरेको अवस्थामा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाउरे’ सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार राति पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको हो।

लागूऔषध कारोबारको सूचनाका आधारमा प्रहरीले चारै जनाको साथबाट १३.०१ ग्राम ब्राउन सुगर फेला पारेको जनाएको थियाे। प्रहरीका अनुसार लाउरे भनेर चिनिने चर्चित र्‍यापर आशिष रानाले लागूऔषध सेवन गर्ने गरेकाे स्वीकारिसकेका छन्।

उनीहरुले कारोबार नगरि सेवन मात्र गरेको खण्डमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ। यदि कारोबारमा समेत संलग्न रहेको पाईएमा ५ वर्षसम्म जेल हुन सक्ने प्रहरी स्रोतको भनाई छ।

Facebook Comments