मतले दिएको वरीयताभन्दा माथि कागजी वरीयता हुनै सक्दैन: शेखर

काठमाडौँ – नेपाली कांग्रेसले नेताहरुको वरीयता तोकेसँगै सभापतिका पराजित डा.शेखर कोइरालाले आफू वरीयतामा विश्वास नगर्ने प्रतिक्रिया दिएका छन् । उनले आफूलाई १८ सय बढी महाधिवेशन प्रतिनिधिले मत दिएर वरीयता तोकेको भन्दै कागजी वरीयतामा विश्वास नगर्ने बताएका हुन् ।

बिहीबार का‌ंग्रसले नेताहरूकाे वरीयता ताेकेपछि इकागजसँग कुरा गर्दै कोइरालाले मतले दिएको वरीयताभन्दा माथि कागजी वरीयता हुनै नसक्ने दाबी गरे । ‘महाधिवेशन प्रतिनिधिले दिएको मत र मायाले म आफूलाई पहिलो वरीयतामै राख्छु, उहाँहरुले मेरो वरियता तोकिसक्नुभएको छ, पार्टीका साथीहरुले मलाई जुन वरीयतामा राखेपनि केही फरक पर्दैन् ।’ कांग्रेसको परम्पराअनुसार सभापतिमा निकटतम प्रतिद्वन्दीलाई पार्टी वरियतामा दोस्रोमा राख्ने गरिएको छ ।

संस्थापनइतर समूहका नेताहरुले पनि कोइरालालाई तेस्रो वरियतामा राख्न सुझाव दिएका थिए । संस्थापनइतरका नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई दोस्रोमा राखेर कोइरालालाई तेस्रोमा राख्न सुझाव दिएपनि त्यो कार्यन्वयत भएन ।

यसले पार्टीमा द्वन्द बढेको संस्थापनइतर नेताकहरुको भनाइ छ । युवा नेता भुपेन्द्रजंग शाही आफूलाई मत नदिनेलाई पनि मिलाएर लिएर जान्छु भन्ने सभापति शेरबहादुर देउवाको भनाइ र गराइ पटक्कै नमिल्ने टिप्पणी गर्छन् । शाहीले भने, ‘मिलाएर लान्छु पनि भन्नुहुन्छ अनि आफूसँग प्रतिस्पर्धा गरेर ४१ प्रतिशत मत ल्याउने नेताको सम्मान पनि गर्नुहुन्न यसले पार्टी एकता कहाँ हुन्छ ?’

१३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य खुलामा कोइरालाले सबैभन्दा बढी मत ल्याएका थिए । कोइरालाको वरीयतामा विषयमा त्यतिबेला पनि बहस भएको थियो । वरीयता राख्दा पदाधिकारी र पूर्वपदाधिकारी पछि सबैभन्दा बढी मत ल्याउने सदस्य हुनुपर्ने भनेपनि त्यसो नगरी उनलाई ३६औँ नम्बरमा राखिएको थियो ।

Facebook Comments