भारतीय प्रधानमन्त्री मोदीलाई संसारको सबैभन्दा सुरक्षित कार

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ मर्सिडिज मेब्याक एस ६५० गाडी चढेका छन् । मेब्याक एस ६५० गार्डमा प्रधानमन्त्रीको सुरक्षाका लागि बीआर १० लेवलको सुरक्षा फिचर समावेश गरिएको कार हो । मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न नयाँ कारमा देखिएका थिए । मर्सिडिज मेब्याक एस ६५० संसारको सबैभन्दा सुरक्षित कार मध्ये एक हो । यो कारले एके-४७ राइफलको आक्रमण तथा १५ किलो टीएनटीको विस्फोटलाई पनि सहन सक्ने क्षमता रहेको छ । यसलाई बुलेटप्रुफ बनाउन यसको झ्यालमा पोली कार्बोनेट लेप लगाइएको छ ।

कारलाई बाहिरबाट मात्र नभई भित्रबाट पनि बुलेटप्रुफ तथा विषाक्त ग्याँसको आक्रमणबाट बच्न कारको क्याबिनमा छुट्टै भेन्टिलेसन सिस्टमको व्यवस्था गरिएको छ ।

सो कारमा ६.० लिटर ट्वीन-टर्बो भी१२ इन्जिन दिइएको छ जसले ५१६ बीएचपीको पावर र ९०० एनएमको टर्क जेनेरेट गर्छ । कारमा विशेष रन फ्ल्याट टायरहरू पनि जडान गरिएको छ । यस कारले पञ्चर तथा क्षति आदिमा समेत काम गर्न सक्नेछ ।

सो लक्जरी कारमा यात्रुको सुविधाको पनि ख्याल गरिएको छ । कारमा अटोमेटिक मसाज सिट जडान गरिएको छ । सिटहरू अगाडि पछाडि सारेर लेगरुमलाई आराम गर्न सकिन्छ । कारको लागि विशेष सुरक्षा एक स्पेसन प्रोटेक्सन समूह वा एसपीजीद्वारा गरिन्छ । एसपीजीले सुरक्षा आवश्यकताहरू पहिचान गर्छ र त्यसपछि प्रधानमन्त्रीलाई नयाँ गाडी चाहिन्छ वा छैन भन्ने निर्णय गर्छ । एसपीजीले दुई समान कारलाई अर्डर दिन्छ । प्रत्येक गाडीको मूल्य करिब १२ करोड भारु पर्छ । सन्त नेताको रूपमा मोदीले चढेको यो कारलाई लिएर विपक्षले भने विरोध गरेका छन् ।

Facebook Comments