भारतद्वारा पाकिस्तानलाई १५२ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई जितका लागि १ सय ५२ रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए ।

रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए । भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए ।

Facebook Comments