धनुषा र सर्लाहीका एसपीको सरुवा

काठमाडौं : धनुषा र सर्लाहीका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ।

त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ । धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।

Facebook Comments