गुरुबाटै १४ वर्षीया बालिका तीन वर्षदेखि बलात्कृत

काठमाडौं । १४ वर्षीया एक बालिका गरुबाटै बलात्कारको शिकार भएकी छन् । कराँते सिक्न जाने क्रममा आफ्नै गुरुबाट ती बलात्कृत भएकी हुन् । ती बालिकालाई ३ वर्षदेखि कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर १ सुक्खड घर भएका ३५ बर्षीय सागर शाही ठकुरीले बलात्कार गर्दै आएका हुन्।

१४ वर्षकी बालिका शर्मिला लामा (नाम परिवर्तन) लाई निरन्तर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ११ बर्षको उमेरदेखि नै शाहीले ती बालिका बलात्कार गर्दै आएका हुन् ।

बलात्कृत बालिकाका बाबु धावा लामा काठमाडौंतिरै सानोतिनो रेष्टुरेन्ट व्यवसाय गर्थे । धावाका एक छोरा र एक छोरी छन् । छोरीलाई भविष्यमा ठूलो खेलाडी बनाउने उद्देश्यले धावाले चिनजानकै साथी शाहीसँग कराँते सिक्न पठाएका थिए । धावाले साथीको विश्वासमा परी कराँते सिक्न पठाएकी छोरी शाहीबाटै बलात्कृत भइन् ।

सानैदेखि खेलप्रति रुची भएकी शर्मिलाले करिब ५–६ वर्षको उमेरमै कराँते सिक्न गइन् । उनी सितोरियोका ब्ल्याकबेल्ड समेत हुन् । ११ वर्षको उमेरमा उनी पहिलोपटक टेकुस्थित पचली भैरव सितोरियो डोजोभित्रै गुरु सागर शाही ठकुरीबाट बलात्कृत भएकी थिइन् । बलात्कारमा परेको कुरा अरुलाई भने घरपरिवार सबैलाई मारिदिने धम्की आएपछि लामाले डराएर बाहिर कसैलाई भन्न सकिनन् ।

बालिकाका आमाबुबा दुबैजना काममा गएको मौकामा शाही घरमै आइपुग्थे । सानोभाइलाई राम्रोसँग पढ्नु छैन भनेर झापाड हानेर बाहिर लखेटेर एक्लै बनाएर पटकपटक बलात्कार गरेको बयान पीडित लामाले दिएकी छिन् ।

कक्षा–८ मा अध्ययनरत शर्मिलालाई पुनः गत असोज–८ गते शाहीले असोजदेखि तराईमा प्रतियोगिता छ तालिमको लागि डोजो आउनु भनेर घरमै बोलाउन आए । तर उनी जान मानिनन् । विद्यालयमा सधैं प्रथम हुने सुनिता विस्तारै पढाइ बिग्रिदै गएको र एकान्तमा बसेर झोक्रेको देखेर बुबा धावालाई आफ्नो छोरीलाई केही त भएको छ भन्ने शंका गर्न थालेका थिए ।

पढाइ पनि बिग्रेदै गएको कराँतेमा रुचि नदेखाएको के भएको छोरी भनेर बुबालाई सोध्न थालेपछि सुनिता किचेनमा गएर रोएर बसिन् । बुबाले लगातार २ घन्टासम्म सोधेपछि उनले आफूमाथि भएको घटना बताउँदा बुबाले सुन्न सकेनन् ।

छोरीको कुराले आक्रोशित भएका धावा डोजो गएर शाहीमाथि झम्टिन थालेपछि शाही त्यहाँबाट फरार भए । उक्त घटनाको अर्का दोषी सन्देशलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरिसकेको छ । उनले सबै अपराध स्वीकार गरिसकेका छन् । महानगरीय प्रहरी परिसर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालिमाटीमा जाहेरी परेपछि प्रहरीले फरार शाहीको खोजी गरिरहेको छ ।

Facebook Comments