टी–२० विश्वकप : स्कटल्याण्डसँग हार्‍यो बंगलादेश

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा अन्तर्गतको खेलमा बंगलादेश पराजित भएको छ। बंगलादेश पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले हारेको हो।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेश २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो।

बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए। स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन बनाए। यस्तै जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए। माथ्यु क्रस ११ रनमा आउट भए।

बंगलादेशका मेहदी हसनले ३ विकेट लिए। मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए।

Facebook Comments