प्रहरीको गोली लागेर चार जनाकाे मृत्यु भएको प्रकरणमा गृहमन्त्रीले खोले मुख

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र बनाउने स्थलमा आएर घर टहरा बनाएर बस्नेको संख्या बढ्दै गएकाले प्रशासनले हस्तक्षेप गरेको बताए । प्रशासनले पटक पटक हट्न आग्रह गर्दा पनि नमानेपछि सुरक्षा निकाय पुग्दा आक्रमण भएको उनको भनाइ छ ।

आइतबारको घटनामा सशस्त्र प्रहरीका १९ जना, जनपथका २४ भन्दा बढी घाइते भएको र प्रहरीले आफ्नो जीवनरक्षाका लागि गोली चलाउदा चार जनाको मृत्यु भएको गृहमन्त्रीले बताए ।

उनले घटनाका बारेमा सरकार दुःखी रहेको र सरकार संवादबाटै समाधान खोज्न तयार रहेको धारणा राखे । गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण हुन नदिने स्पष्ट पारे ।

Facebook Comments