नेपालमा कोरोना : थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, कति भए निको ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन् भने ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Facebook Comments