कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्री छनौट बारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक बुधवार दिउँसो ३ बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो ।

पदाधिकारी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।

मन्त्रीपरिषद् बिस्तार गर्ने विषयमा मंगलवार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने गठबन्धनमा सहमती जुटेसँगै प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा प्रस्ताव गरेका थिए । देउवाले सो प्रस्ताव पदाधिकारी बैठकमा पनि राख्ने र तत्काल मन्त्रिपरिषद् बिस्तार गर्ने स्रोतले जानकारी दियो ।

Facebook Comments