विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६८ पैसा, बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments