कस्तो केटाको खोजीमा छिन् कियारा ? गरिन् यस्तो खुलासा !

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी इन्डस्ट्रीकी सक्सेसफुल अभिनेत्रीको रुपमा चिनिने गरेकी छिन् । फिल्म कबिर सिंहबाट कियाराले आफ्नै छुट्टै पहिचान बनाएकी थिइन् ।

कियारा अहिले आफ्नो फिल्म शेरशाहको सक्सेस इन्जोए गरिरहेकी छिन् । हालै कियारा भारतको चर्चित कमेडी सो ‘दी कपिल शर्मा सो’मा गेष्टको रुपमा आएकी थिइन् ।

सोमा कियरा र अभिनेता सिद्धार्थ मल्होत्रा पनि सोमा देखिएका थिए ।

कस्तो केटाको खोजीमा छिन् कियारा ?
कपिल शर्मा सोमा कपिलले कियारालाई कस्तो केट मन पर्छ र केटाको प्रोफेसनले फरक पार्छ की पार्दैन भन्ने प्रश्न गरेका थिए । कियाराले हास्दै भनेकी छिन् -‘यदी एक्टर भए ठिक हुन्छ ।’

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको अफियरको विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा हुने गरेको छ । यद्यपी उनीहरुले आफ्ना सम्बन्धको बारमा बताइसकेका भने छैनन् ।

Facebook Comments