नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या ८ सय ७२ ले बढी (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । देशभर कुल १० हजार २ सय ९७ परीक्षण गर्दा १ हजार २ सय १४ जनाको पीसीआर र १ सय ७४ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या ८ सय ७२ बढी रहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ७ सय ९६ रहेको मन्त्रालये जनाएको छ ।

Facebook Comments