नेप्सेका सीईओ साउदले दिए राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । साउदले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।

पछिल्लो समय बजारमा सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले आज पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् ।

बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा खरिद गरेको पुष्टि भइसकेको छ । प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए ।

यसबारे अर्थ मन्त्रालयले साउदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि साउदले राजीनामा दिएका हुन् । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै छ ।

Facebook Comments