यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।

३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले रातोपाटीलाई बताइन् ।

उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।

Facebook Comments