माधव नेपालको नयाँ पार्टी एकिकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । माधवकुमार नेपाल समूहको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले भदौ ९ नेता सो समूहलाई सनाखतका लागि बोलाएको छ। नेकपा एकिकृत समाजवादी पार्टी प्रमाणिकरण हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुनेछ।

मन्त्रिपरिषदमा माधवको पार्टीले पनि भाग पाउने भएको छ। नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ। सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ । नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने बताइएको छ।

५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको उल्लेख गरिएको छ। नेकपा समाजवादीबाट सरकारको नेतृत्व वामदेव गौतमले गर्ने भनिएको भए पनि उनले आफू एमालेमा रहेको बताइसकेका छन्। गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन्। न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य हुन्। भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन्।

नेपालले बेदुराम भुसाललाई पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी गराउने तयारी गरेका छन्। त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ आउने माधव निकट स्रोतले जानकारी दिएको छ।

मन्त्री बन्ने चर्चामा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी, हिराचन्द्र केसीको नाम पनि अगाडि आएको छ। राष्ट्रिय सभाको उपनिर्वाचन रामबहादुर थापा बादललाई पराजित गरेका डा. खिमलाल देवकोटा पनि मन्त्री बन्ने दौडमा रहेको बताइएको छ।

Facebook Comments