संसारका ५६ इस्लामिक देशमध्ये तालिबानलाई पाकिस्तानको समर्थन

इस्लामाबाद । संसारका मुस्लिम राष्ट्रहरुलाई मनाउन तालिबानले संघर्ष गरिरहेको बताइन्छ । तर संसारका ५६ वटा मुस्लिम देशमध्ये पाकिस्तानले मात्र तालिबानलाई साथ दिएको बताइएको छ।

तालिबानलाई पाकिस्तानको समर्थन रहेको विषयमाथि पाकिस्तानका विदेशमन्त्री शाह महमुल कुरैशीले पाकिस्तानी सञ्चारमाध्यमसँग भनेका छन्, ‘अफगानिस्तान सरकारसँग तालिबानसँग लड्ने हिम्मत थिएन त्यसैले हार्‍यो । मानिसहरुले तालिबानलाई समर्थन गरेकोले तालिबानले सहजै सफलता हासिल गर्यो । पाकिस्तानले अमेरिकासँग झुक्नुभन्दा तालिबानलाई समर्थन गर्न उचित छ ।’

आर्थिक फाइदाको लागि नजिकिन खोजेका चीन र रुसले भने हालसम्म तालिबानलाई साथ दिने भन्नेबारे हालसम्म खुलेर भनेका छैनन् । संसारमा ६२ प्रतिशतभन्दा बढि मुस्लिम आवादी भएका मुलुहरु इन्डोनेसिया, भारत, पाकिस्तान, बंगलादेश र टर्की हुन् । तर पनि पाकिस्तानले मात्र तालिवानीलाई साथ दिएको बताइएको छ । यद्यपि, पाकिस्तानी जनताले भने तालिबानी नीति अस्वीकार गर्दै आएका छन् ।

Facebook Comments