काठमाडौंस्थित भारतीय दूतावासले मनायो विश्व संस्कृत दिवस

काठमाडौंं । काठमाडौंंस्थित रहेको भारतीय दूतावासले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी विश्व संस्कृत दिवस २०२१ मनाएको छ ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संस्कृत भाषा मात्रै नभएर हाम्रा ऋषिमुनिहरुको हजारौं वर्षको अनुसन्धान, उपलब्धि, ज्ञानविज्ञान, आचरण आदीको धरोहर रहेको बताए ।

उनले भने, भारतीय सभ्यता संस्कृत भाषाको एक स्तम्भ हो, संस्कृत भाषा प्राचिनको साथै नविन पनि छ।’ उनले संस्कृत हाम्रो जीवनको लागि नभइ नहुने भाषाको रुपमा विकास भइसकेको बताए । संस्कृतको हाम्रो दैनिक जीवनसँग पनि घनिष्ठ सम्बन्ध रहेको उनले बताए ।

उनले महाभारत, रामायण, गीता र पुराण लगायत हाम्रा अधिकांश धार्मिक पुस्तक संस्कृत भाषामा नै लेखिएको उनले बताए । उनले भने, ‘यो आधुनिक युगमा कतै न कतै हामी संस्कृतबाट पूर्णतय लाभान्वित भइरहेका छैनौँ, त्यसैले संस्कृत दिवसले ज्ञान र सम्पदाको उचित प्रयोग गर्न प्रेरित गर्दछ ।’

उनले नेपाल र भारतको सन्दर्भमा यो भाषा अधिक सान्दर्भिक रहेको बताए । उनले भने, ‘किनभने यसले दुवै देशको जनताको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई जोडछ ।’ उनले हिन्दी र नेपाली भाषाको जननी संस्कृत भाषा रहेको बताए ।

नेपाल भारतको सम्बन्धलाई थप उचाइमा पर्‍याउन पनि यो भाषाले धेरै ठूलो भूमिका खेलेको उनले बताए । त्यस्तै सम्मेलनमा संस्कृत भाषामा लेखिएको नयाँ पुस्तकको लोकार्पण पनि गरिएको छ । सम्मेलनमा शताब्दी पुरुष सत्य मोहन जोशी, पद्मश्री पुरस्कृत चामुकृष्ण शास्त्री तथा भारत, नेपाल, अमेरिका र बेलायतबाट प्रख्यात विद्वानहरुको सहभागिता रहेको थियो ।

त्यस्तै सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सहभागित रहेको थियो । त्यसैगरी सम्मेलनमा ज्योतिषीहरुलाई सम्मानित पनि गरिएको थियो।

 

Facebook Comments