सलमान खानलाई प्रहरी जवानले विमानस्थलको गेटमै रोकिदिएपछि…

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई एक प्रहरी जवानले विमानस्थालमा रोकेका छन्। मुम्बई विमानस्थलमा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले उनलाई रोकेका हुन्।

भारतीय सञ्चारमाधयमका अनुसार ती प्रहरीले अनुसन्धानका लागि सलमान खानलाई गेटमा रोकेका हुन्। सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गर्ने क्रममा यो घटना भएको हो।

विमानस्थलबाट एउटा भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा सलमान खानलाई विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ। उनीसँग उनको टीम पनि छन् र फोटोग्राफरले उनको तस्बिर माग गरिरहेका छन्।

सलमान खान विमानस्थलको गेटतर्फ अघि बढ्छन् जहाँ टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको छ। यस्तोमा एक जवानले सलमान खानलाई भित्र जानबाट रोकिदिन्छन्। साथै उनले पापाराजीलाई पछि हट्न पनि भन्छन्। त्यसपछि सलमान टीमसँग उभिन्छन्।

Facebook Comments