एकपछि अर्की अभिनेत्रीको एमएमएस भिडियो लिक

एजेन्सी । अभिनेता तथा अभिनेत्रीहरु समाजका रोल मोडल मानिन्छन्। तर फिल्मी दुनियाँ सबैभन्दा बढी गसिप हुने क्षेत्र हो। यो फिल्डमा दिनहुँजसो केही न केही नयाँ कुरा सार्वजनिक भइरहेका हुन्छन् ।

नायक तथा नायिकाहरु सकभर आफ्नो प्रेम जीवनबारे खुलाउन चाहँदैनन्। तर कसैले आफु रिलेसनमा भएको जानकारी गराउन आफ्नो अफिसियल शोसल मिडियाको प्रयोग गर्छन्।

कतिपय कलाकारहरुको त सम्बन्धहरु काण्डकारुपमा बाहिरिने गरेका छन्। त्यस्तै भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको पनि भिडियो लिक भएको छ। त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन्। उनले एमएमएस आफैंले बनाएको पनि स्वीकार गरेकी थिइन्।

त्यस्तै प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन्। उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। उनले यसलाई ‘फेक’ भएको बताउँदै यस्तो गर्नेलाई कानुनी दायरमा ल्याउने चेतावनी दिएकी छिन्।

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन्। ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। उनका ५ लाखभन्दा बढी फलोअर्स छन्।

Facebook Comments