सर्बियामा चीनको ‘ट्रोजन हर्स’

एजेन्सी । सन् २०१८ जुलाइमा इयू विस्तारका लागि युरोपेली आयुक्त जोहान्स हानले बाल्कन मुलुकहरू (पूर्वी यूरोपका राष्ट्रहरू)को बारेमा बोलेका थिए । उनका अनुसार सर्बिया र मोन्टेनेग्रो जस्ता मुलुकका पूर्वाधार निर्माण चिनियाँ सहायतामा निर्भर छन् । भावी इयूका सदस्य राष्ट्रहरू चीनका ’ट्रोजन हर्स’का रुपमा छन् ।

सर्बिया ट्रोजन हर्सको खासगरि उपयुक्त प्रतिक बनेको छ । सर्बियाको राजधानी सहर बेलग्रेडले अन्तर्राष्ट्रिय मुद्दामा तटस्थ रहने आफ्नो परम्परा तोडिसकेको छ । यो अवसरवादी व्यवहार हो । लामो समय टिक्ने अवस्था देखिँदैन ।

चीनसँग बाल्कानको सम्बन्ध
जबदेखि चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाल्कानमा पुग्यो, ट्रोजन हर्सको विचार सञ्चार भइरहेको छ । यसको अर्थ बीआरआई परियोजनाको दायरामा आउने यी मुलुकहरूमा तथाकथित ’ऋण जाल कूटनीति’ को माध्यमबाट वा थेग्नै नसकिने चिनियाँ ऋण थोपरिनेछ । वा उनीहरू चीनकझ राजनीतिक प्रभाव प्रति अधिक संवेदनशील हुनेछन् । यसरी यी देशहरूले चीन प्रति मित्रवत सम्बन्ध राख्ने छैनन् । अझ उनीहरू यूरोपियन युनियनमा चीनका सहयोगीहरूको संख्या समेत बढाउँदै लैजानेछन् । चीन नीतिलाई लागू गर्दै इयूलाई कमजोर बनाउँदै जानेछन् ।

सर्बियाको कथा सन् २००८ मा कोसोवोमो स्वतन्त्त्रतासँगै सुरू भयो । सर्बियाका विदेश नीति निर्माताहरूले एक स्वतन्त्र कोसोवोलाई मान्यता दिने मुलुकहरूले नगरेको काम उनीहरूबीच भिन्नता बनाउन सुरु गरे । कोसोवोको चिनियाँ गैर–मान्यता र विश्वव्यापी आर्थिक संकटपछि व्यापारिक अवसरहरूको खोजीमा दुवै उत्साहित थिए । सर्बियाले चीनको साथमा एक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

२०१० मा चीनसँग ऐक्यबद्धताका कारण सर्बियाले ओस्लोमा चिनियाँ मानवाधिकार अधिवक्ता लियू शियाओबोको सम्मानमा नोबेल शान्ति पुरस्कार समारोहको समेत बहिष्कार गरेको थियो तैपनि, एकमात्र यूरोपियन संघका उम्मेदवार भएकाले समारोहबाट टाढिएर बस्यो, सर्बियाले इयुको दबावका कारण आफ्नो मनोस्थिति परिवर्तन ग¥यो । त्यसपछि लोकपाल सासा यान्कोविचलाई सहभागी गराउन पठायो । अन्य विषयमा सर्बियाले प्रमुख अन्तर्राष्ट्रीय मुद्दाहरूमा कोसोवो नीति खतरामा पार्ने गरि कदम चालेको थियो ।

यो चिनियाँ अंकगणित सर्बिया केन्द्रित मात्रै छैन । किनकी चीनसँग पहिलेदेखि इयूभित्र दक्षिण पूर्वी युरोपका मित्र मुलुकहरू छन् । वर्षोंदेखि ग्रीसले मानवाधिकार र सामुद्रिक कानूनमा चीनको निन्दा गर्ने इयूको प्रयासलाई भिटो गर्दै आएको छ । बुडापेस्ट–बेलग्रेड रेलवे निर्माणका लागि चीनले आफ्नो सहायतामा हँगेरीमा समेत प्रभाव जमाइसकेको छ । चीनका लागि सर्बिया र बाल्कन मुख्य रूपमा रणनीतिक भूगोल भएकाले खास रुचि राख्नेगर्छ ।

अनन्तसम्म केही चिज टिक्दैन

चीनको समर्थन गर्न सर्बिया किन यति उत्सुक छ ? यसका तीन कारण छन् । पहिलो, सर्बिया पूर्वमा रुसको तुलनामा आफ्नो हिस्सेदारी बढाउन चीनको सहयोग लिइरहेको छ । मस्को र बेलग्रेडबीच विशेष सम्बन्ध बनाइराख्ने एकमात्र कारण हो, कोसोवो विवाद । यद्यपि दुवै पक्ष एकले अर्कोमाथि विश्वास गर्दैनन् । इयू र अमेरिका दुवै कोसोवो विवाद सुल्झाउन लागिरहेका छन् । सर्बियाले चीनलाई आफूनिकट राख्नेछ । तर चीन अचानक विवादमा पर्नेछ । दोस्रो, सर्बियाका लागि इयूको बाटो कठिन देखिन्छ । सत्तारूढ़ एसएनएस चीनको उपयोग घरेलू स्तरमा बढ़ावा दिनका लागि गरिरहेको छ । सर्बियाको नेतृत्वले कोभिड–१९ महामारीको दौरानमा चीनको ’मास्क कूटनीति’ को उत्साहपूर्वक अपनाएको थियो।

सर्बियाको विदेश नीति स्थायी छैन । यो अवसरवादका त्यतिञ्जेल मात्रै टिक्ने देखिन्छ जबसम्म सर्बिया चीनसँगको समझदारीका लागि मूल्य चुकाउनुपर्दैन । सर्बिया इयूमा निर्भर छ । इयूको सदस्यता एक दीर्घकालिक सम्भावना भए पनि सर्बियाले चीन र अन्य भू–राजनीतिक खेलाडीसँग व्यापार गरेर अधिक लाभ लिने प्रयासमा छ । त्यसैले, जबसम्म कुनै जोखिम देखिँदैन सर्बिया वर्तमानकै बक्ररेखामा कायम रहनेछ । निकै तातिएपछि सर्बिया पछि हट्नेछ । जसरी हुनेगरेको छ।

Facebook Comments