चिनियाँ ऋणमा फसेको मोन्टेनेग्रोको युरोपसँग हारगुहार

एजेन्सी । केहीँ युरोपेली मानिसहरूले सोच्थे, मोन्टेनेग्रोले चीनसँग महँगो ऋण लिएर राजमार्ग निर्माण गर्नु बुद्धिमानी थियो । अब यो सानो पहाडी मुलुकले ऋण तिर्नका लागि इयूसँग हारगुहार गरिरहेको छ । तर, जवाफ अहिलेसम्म पाएको छैन ।

मोन्टेनेग्रोको वर्तमान स्थिति विश्वव्यापी चिनियाँ प्रभावको पछिल्लो नमूना हो । बेइजिङसँगको वफादारीबापत ऋण दिएर आर्थिक रुपमा विपन्न मुलुकमा प्रवेश गरेको छ ।

मोन्टेनेग्रोको विकास युरोपको पछाडी हुन्छ । यो मुलुक नाटोको सदस्य हो । साथै इयूको सदस्य बन्ने तयारीमा छ । आकारमा सानो भए पनि यसको लक्ष्य ठूलो छ । पश्चिमा संगठनको हिस्सा भएको यस्तो मुलुकमा आफ्नो दबाब कायम राख्दै चीनले लाभ लिनसक्छ । नाटोले भू-राजनीतिक रुपमा चीनको उदयमाथि प्रहार गर्न आफ्नो सुरक्षा रणनीति तयार गरिरहेको छ । रेलवे र बन्दरगाहरूजस्ता युरोपका पूर्वाधारमा बेइजिङको नियन्त्रण हुनसक्ने जोखिम छ ।

मोन्टेनेग्रोको पहिलो ऋण भुक्तानी यहीँ सिजनमा हुँदैछ । एक अर्ब अमेरिकी डलरको ऋण झन्डै मुलुकको अर्थतन्त्रको पाँचौँ हिस्सा हो । मोन्टेनिग्रोका नेताहरूका अनुसार इयूले सहायता नदिए पनि यो सिजनमा ऋण भुक्तानी हुनेछ । तर युरोपेली अधिवक्ताहरूका अनुसार उसका छिमेकी राष्ट्रहरू भने चीनको नियन्त्रणमा आउने जोखिम बढेको छ ।

‘इयूले आँखा चिम्लेर बस्नु गैरजिम्मेवारीपूर्ण कदम हुनेछ,’ चिनियाँ प्रभावबारे काम गर्ने यूरोपेली संसद्का एक जर्मन सदस्य रेइनहार्ड बुटिकोफरले भने, ‘कठीन समयमा हामी उसलाई किन एक्लै छोड्ने ?’

त्यो ऋण सर्बियासम्मको राजमार्ग निर्माणमा खर्चिएको थियो । यो सडक बेइजिङकै स्वामित्वको कम्पनीले पनि निर्माण गरिरहेको छ । तर चीनको स्टेट डेभलपमेन्ट बैंकले पुनर्भुक्तानीमा सहुलियत दिएको छैन ।

मन्टेनेग्रो प्राचिन गाउँहरूको मुलुक हो । सन् २००६ मा सर्बियाबाट अलग्गिएको थियो । लामो समयदेखि खराब सडक सञ्‍जाल र रेल लाइनबाट ग्रसित छ । यहाँका नेताहरू मुलुकको अर्थव्यवस्थालाई पुन: सुरुवात गर्दै छिमेकी सर्बियासम्म जोड्ने राजमार्ग पुर्‍याउने परिकल्पना गरे । जुन रूसी पर्यटक र लगानीमा निर्भर छ ।

तर समालोचकहरूका अनुसार मोन्टेनेग्रोले चीनसँग जुन सम्झौतामा हस्ताक्षर गर्‍यो, त्यो भ्रष्ट अधिकारीहरूलाई अतिरिक्त रकम उपलब्ध गरायो र संसारभरीको दोकतान्त्रिक मुलुकहरूको प्रतिद्वन्द्वी मुलुकको भू-राजनीतिमा निर्भर बन्यो । मोन्टेनेग्रोका अर्थमन्त्री मिलोज्को स्पाजिकले भने, ‘यति महँगो राजमार्ग हुनु निकै दुर्लभ हो । स्पाजिक नयाँ सरकारका मन्त्री हुन् । जसले स्वतन्त्रता प्राप्तिभएको समयदेखि सत्तामा रहँदै आएको अघिल्लो पार्टीलाई सत्ताच्युत गर्दै गत डिसेम्बरमा सत्तामा आएको थियो । चिनियाँ सम्झौताअनुसार पहिलो चरणको निर्माणमा करिब ४० मिलियन अमेरिकी डलर प्रति माइल लागत छ । यो ऋण भुक्तानी मुलुकको नेताहरूका लागि उच्च प्राथमिकताको विषय हो ।

मोन्टेनेग्रोको अर्थव्यवस्था महामारीबाट प्रताडित भइसकेको छ । पर्यटक आवगमन घटेको छ । अन्तर्राष्ट्रीय मुद्रा कोषको पछिल्लो अनुमान अनुसार सन् २०२०मा मुलुकको अर्थव्यवस्था १५ प्रतिशतले खुम्चिएको छ । यद्यपि यस वर्ष केही सुधार हुने अपेक्षा छ ।

सन् २०२० अगस्टमा पर्यटकहरू मोन्टेनेग्रोको एडियाटिक तटबन्धको बुडवा सहरमा मनोरञ्‍जन लिन आएका थिए । मोन्टेनेग्रोको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो हिस्सा छ । तर, कोभिड-१९ महामारीले पर्यटक आवगमनमा उच्च गिरावट आयो । अब यो देश यूरोपेली संघसँग आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ । रूस र चीनसँगको आफ्नो निर्भरता कम गर्न चाहन्छ । आर्थिक गतिविधिहरूले यसको भू-राजनीतिक महत्वाकांक्षासँग मेल खान सहयोग पुर्‍याउनेछ ।

अर्थमन्त्री स्पाजिकले भने, ‘हाम्रो राजनीतिमा हामी पश्चिमतिर ध्यान दिइरहे पनि हाम्रो अर्थ व्यवस्था पूर्वतिर नजर लगाइरहेको छ । यूरोपेली संघसँग आर्थिक सम्बन्ध बढाउनु हाम्रा लागि रणनीतिम हितमो विषय हो ।’

उनले मोन्टेनेग्रो पूर्वाधार निर्माणमा इयूको सहयोग खोजिरहेको बताएका छन् । उनकन अनुसार चिनियाँ ऋण घटाउन यसको पुनर्भुक्तानी गर्न इयूको सहायताको अपेक्षा छ । यूरोपियन आयोगले सहायताको लागि गरिएको अनुरोध खारेज गरेको थियो । तर फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनका एक उच्च सहयोगीका अनुसार फ्रान्स सहयोग गर्नकालागि एउटा तरिका मागिरहेको थियो । यूरोपियन आयोगका प्रवक्ता पीटर स्ट्यानोले इयूले अहिलेसम्म ठूलो रकम सहायता मोन्टेनेग्रोलाई गर्दै आएको उल्लेख गर्दै संवाददाताहरूलाई भने, ‘प्रत्येक मुलुक आफ्नो लगानी उद्देश्य स्थापना गर्नका लागि स्वतन्त्र छ । तेस्रो पक्षबाट लिइएको ऋण चुक्ता हामी गर्दिँदैनौँ ।’

चीनले बेल्ट एन्ड रोड पहलको माध्यमबाट इयूसँग सम्बन्ध बनाएको छ । जसले चिनियाँ निर्यातलाई बाटो सहज बनाउन मद्दत गर्छ । अन्य सहायताको माध्यमबाट चीनले पूर्वाधारमा ठूलो धनराशी खर्चिएको छ । युरोपको खोप लगाउने प्रयास अलमलमा परेको छ जसकारण चीन र रुसलाई विकल्पको रुपमा प्रस्तुत गरिएको छ ।

बेइजिङले हालसम्म पश्चिमी बाल्कनमा आफ्नो प्रभाव जमाइसकेको छ । जहाँ कहिले युगोस्लाभिया पनि उपस्थित थियो । मोन्टेनेग्रोको छमेकी राष्ट्र सर्बिया चिनियाँ लगानीको प्रमुख गन्तव्य बनेको छ । महामारीले अझ यस्तो प्रवृत्तिलाई बढावा दिएको छ । मास्क, गाउन र अन्य चिकित्सा उपकरणहरूको निर्यातमा प्रतिबन्धले एउटा महत्वपूर्ण प्रारभिक क्षणमा आपूर्तिमा केही समय कटौती गरेको थियो । यरोपले खोप ल्याउने वाचा अनुसार ढिलाइ गरिरहँदा चीनले आफ्नो खोप ल्याएको छ ।

Facebook Comments