पाकिस्तानमा एक युवतीमाथि ४ सय युवाद्वारा दुर्व्यवहार

इस्लामाबाद । पाकिस्तानमा एक युवतीमाथि निर्मम दुर्व्यवहार गरेको आरोपमा ४ सयको हूलमा आएको एक समूहमाथि मुद्दा दर्ता भएको छ । पीडित युवतीले आफमाथि अमानवीय व्यवहार भएको भन्दै ४ सयको समूहमाथि मुद्दा दर्ता भएको हो। उक्त मुद्दाको छानविन गरिने प्रहरीले जनाएको छ ।

पीडित युवती १४ अगस्टमा आफ्नो मोबाइल मार्फत ‘मीनार ए पाकिस्तान’को भिडियो खिचिरहेकी थिइन् । भिडियो खिच्ने क्रममा एकैपटक ४ सय भन्दा बढी मानिसको समूहले ती युवतीमाथि सामुहिक दुर्व्यवहार गरेको र सो समूहले अमानवीय व्यवहार गर्दै नराम्रोसँग कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समूहले ती युवतीको १५ हजार नगदसहित गरगहना लुटेका थिए भने उनले । लगाएको कपडासमेत च्यातेका थिए ।

पाकिस्तानको डन अखबारकाअनुसार पीडित युवतीले एफआरआई समेत दर्ता गराइसकेकी छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानको लागि सुरक्षित रहेको घोषणा गरे पनि महिला अझै असुरक्षित रहेको भन्दै घटनापश्चात सरोकारवालाहरुले व्यापक विरोध गरेका छन् ।

Facebook Comments