मुख्यमन्त्री शाक्यले गरिन् तीन सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी छिन् । त्यसैगरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने कृष्ण खनाललाई दिएकी छन् ।

उनले चार मन्त्रालयको जिम्मेवारी भने आफैसँग राखेकी छन् । शाक्य आजै मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

Facebook Comments