हैटीमा भूकम्प : मृत्यु हुनेकाे संख्या दुई हजार नजिक

एजेन्सी । हैटीमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूकाे संख्या एक हजार ९४१ पुगेकाे छ।

यसै गरी भूकम्पमा परी ९ हजार ९०० मानिस घाइते भएका छन् । घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

भूकम्पमा परी ८४ हजार घर भत्किएका छन् भने ६० हजार मानिस विस्थापित भएका छन् । हैटीमा गत आइतबार बिहान सात दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियाे ।

भूकम्प गएपछि ठूलाे धनजनकाे क्षति भएकाे भन्दै हैटीका प्रधानमन्त्रीले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।

यसअघि सन् २०१० मा हैटीमा शक्तिशाली भूकम्पबाट तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

Facebook Comments