काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

सार्वजनिक सवारीसाधन सञ्चालनमा आएपनि रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्ट सञ्चालनमा भने कडाइ हुनसक्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

आज दिउँसो चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने पराजुलीले जानकारी दिए ।

Facebook Comments