मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन् ।

सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शभकामना दिएको र कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्दै सँगै काग गर्न इच्छुक रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् । उनले टेलिफोन वार्तामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएँ । हामी कोभिड–१९ विरुद्धको लडाइँसहित भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहन्छौँ ।’

Facebook Comments