भारतीय प्रधानमन्त्री मोदीद्वारा देउवालाई बधाई

कठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

भारतीय मोदीले प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत पाए लगत्तै बधाई दिएका हुन्।

साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्धमा थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताए ।

यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

Facebook Comments