निर्वाचन आयोगमा माधव नेपाल पक्ष : राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो । सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

Facebook Comments