मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची)

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लाे पटक वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।​ यसपटकको निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै केही सहज बनाइएको छ ।

​आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । गत जेठ १४ बाट निषेधाज्ञालाई थप कडा पारिएको थियो ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुन: बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको थियो । काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ ।

Facebook Comments