पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन्।

देशभरका प्रयोगशालामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ।