सप्तरी । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत वैशाख ६ गते नै निर्देशक झामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो । होम आइसोलेसनमा उपचाररत झाको अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ ।
‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरका थिए । शुक्रबारदेखि लगातार ज्वरो आएपछि उनलाई मार्फत् पाटन अस्पताल लगिएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।
निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा पनि नियमित काम गर्दै आएका थिए ।
Facebook Comments