प्रधानमन्त्री ओलीले नयाँ वर्षमा देशबासीलाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    भोलि बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा गर्न लागेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाए अनुसार नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका छन् ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने बताइएको छ ।

    Facebook Comments