सप्तरी । जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
हिजो राती ११ बजे दोलखाको बिगु गाउँपालिका-४ लादुकमा चार जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका हुन् ।
प्रहरीका अनसार मृत्यू हुनेमा दोलखाको विगु-३ का २४ वर्षीया चण्डिका थापा, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र ३५ वर्षीय विनोद केसी रहेको छ भने घाइतेहरुलाई उपचारका लागि काठमाडौ पठाइएको छ ।
तातोपानीबाट दोलखाको लादुकतर्फ जाँदै गरेको प्रदेश ३, ०१-०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए ।













Facebook Comments