म्यानमारमा हालसम्म ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यू

म्यानमार । म्यानमारमा गरिएको विरोध प्रदर्शनमा हालसम्म ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। स्थानीय अनुगमन समूहले यो जानकारी दिएको हो।

प्रजातन्त्रको पुनःस्थापना र आंग सान सु कीको रिहाइको माग गर्दै म्यानमारमा विगत कयौं दिनदेखि दिनहुँ जसो प्रदर्शन जारी रहेको छ।

निशस्त्र प्रदर्शनकारीहरू द्वारा म्यानमारमा दैनिक जुलुसहरू निकाल्ने गरिएको छ। त्यस्ता जुलुसमा आँसु ग्याँसका साथै गोली प्रहार समेत गर्ने गरिएको छ।

राजनीतिक कैदीहरूका लागि सहयोग संस्था (एएपीपी) ले हालसम्म म्यानमारमा कूल ५ सय १० जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

प्रदर्शनमा उत्रेका कार्यकर्ताहरूले जातीय समूहहरूबाट सहयोगकालागि आग्रह गरेका छन।

Facebook Comments