एजेन्सी । अमेरिकाको जर्जिया राज्यकी एक सांसदलाई गभर्नरको कार्यालय अघिबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
गभर्नरले निर्वाचन सम्बन्धी नयाँ कानूनमा हस्ताक्षर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई सुरक्षाकर्मीले हतकडी लगाएका हुन् । सांसद क्याननमाथि प्रदर्शनको योजना बनाएको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
गभर्नर ब्रायन केम्पले मतदान सम्बन्धी नयाँ व्यवस्थासहितका कानूनमा हस्ताक्षर गर्दै गर्दा सांसद क्याननले उनको कार्यालयको ढोका ढकढक्याएकी थिइन् ।
रिपब्लिकनहरुले नयाँ कानूनलाई ‘कमन सेन्स’ भनेका छन् भने डेमोक्र्याटहरुले सिमान्तकृत समुदायका मतदातालाई मताधिकारबाट वञ्चित गर्ने कुषित मानसिकतासहित नयाँ कानून ल्याइएको भन्दै विरोध गरेका छन् ।
सन् २०२० मा भएको राष्ट्रपति चुनावमा पराजित भएका डोनाल्ड ट्रम्पले लगाएको आधारहीन धाँधलीको आरोपको केन्द्रमा जर्जिया परेको थियो । जजिर्यामा झण्डै २८ वर्षपछि डेमोक्र्याटिक उम्मेदवारले राष्ट्रपतिमा जितेका थिए ।
Facebook Comments