काठमाडौं । कलाकारहरु आफ्नो फेसबुक ह्याक भएको भन्दै प्रहरीसामु पुगेका छन् । फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि उनीहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् ।
नायक सरोज खानाल, निर्देशक तथा कलाकर दीपाश्री निरौला, गीतकार दयाराम पाण्डे लगायतको फेसबुक ह्याक भएको हो ।
“आज विहानबाट मेरो फेसबुक ह्याक भएको हो । मसँग कुरा भइरहने साथीहरुसँग ह्याकरले पैसा मागिरहेको छ । मेरो फेसबुकबाट सरोज खनाल बनेर ८० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म पैसा मागेको पाइएको छ,” सरोज बाह्रखरीसँग भन्छन्, “सञ्जय शाहको बैंक अकाउन्ट दिएर पैसा मागिएको छ । उसले गायक सञ्ज श्रेष्ठलगायत मसँग कुरा भइरहनेसँग पैसा मागेको छ ।” उनले आफूहरु अहिले उजुरीका लागि साइबर क्राइममै रहेको बताए ।
दीपाश्री निरौलाले पनि आफ्नो फेसबुक ह्याक भएको बताइन् । उनले आफ्नो फेसबुक ह्याक भएको भन्दै सबैलाई सचेत हुन पनि आग्रह गरिन् ।
Facebook Comments